समाचार

State of the Word Recap (स्टेट अफ द वर्ड किनोट )

State of the Word Recap (स्टेट अफ द वर्ड किनोट )


डिसेम्बर ११ मा, वर्डप्रेसको सह-संस्थापक म्याट मुलेनवेग रमाइलो मड्रिड, स्पेनमा आफ्नो वार्षिक स्टेट अफ द वर्ड किनोट दिन गए। यो घटना पहिलो पटक अमेरिका बाहिर भयो। पालासियो नेप्टुनो—एक चिनारी वास्तुकला रत्न र युनेस्को विश्व सम्पदा स्थल—को पृष्ठभूमिमा लगभग २०० योगदानकर्ता, विकासकर्ता, विस्तारक र परियोजनाका मित्रहरू म्याटबाट सुन्न एकैठे भए, र अरु लाखौं अनलाइनमा सामेल भए।

वर्डप्रेसको कार्यकारी निर्दे��कबाट परिचय:

कार्यक्रमको सुरुवातमा, वर्डप्रेस परियोजनाको कार्यकारी निर्देशक जोसेफा हेडेन चोम्फोसीले वर्डप्रेस समुदायको मुटु र आत्मा भविष्यको आशाको इन्धन हो भनेर बोल्नुभयो, र सबैको लागि खुला वेबको स्वतन्त्रतालाई सुनिश्चित गर्नुभयो। उनले अन्तिम वक्तव्यमा यस्ता मूल्य र विशेषताहरूले परियोजनालाई अघिल्लो २० वर्ष जस्तै अर्को २० वर्षसम्म अगाडि बढाउनेछन् भनेर विश्वासको साथमा म्याटलाई मञ्चमा आउन आव्हान गर्नुभयो।

Josepha Haden Chomphosy, Executive Director of the WordPress project, speaking at a podium

२०२३ लाई फर्केर हेर्दा

मञ्चमा आउँदै, म्याटले यो घटना पहिलो अन्तर्राष्ट्रिय स्टेट अफ द वर्ड हुनुको बारेमा आफ्नो उत्साह बताए। उनले वर्डक्याम्प आयोजक भएको स्पेनी वर्डप्रेस समुदायलाई सम्मान गरे, र उनीहरूको पहिलेका वर्डक्याम्प सफलताहरूको प्रसंसा गरे। त्यहाँबाट, म्याटले यो वर्षका उल्लेखनीय क्षणहरूको बारेमा बर्णन गर्न शुरु गरे। उनले वर्डप्रेस परियोजनाको २० औं वर्षगाँठको उत्सव, सफ्टवेयरको विकास, र यो वर्ष समुदायले कति बढी समुदाय जोडिएको याद गराए। उनले वर्डक्याम्पको संख्या दुईगुणा बढेर ७० पुगेको र ३३ देशमा भएको बताएका थिए ।

हामी सधैं सिक्न र सुधार गर्न लक्ष्यमा छौं। हाम्रो मीटअपहरूलाई उत्क्रिस्ट बनाउनका लागि तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ भन्नुहोस्।

उनले थप कुरा गर्दै WordPress.org मा रहेका केही स्रोतहरूको बारेमा बोलेका थिए । नयाँ घटना(events) हरूको पृष्ठ, पुन: डिजाइन गरिएको शोकेस, नयाँ वर्डप्रेस याद स्मा��क, र पुरस्कार जित्ने ओपनभर्स। उनले वर्डप्रेस प्लेग्राउन्ड पनि डेमो गरे, जुन उपयोगकर्ताहरूलाई आफ्नो ब्राउजरमा नै वर्डप्रेस प्रयोग गर्न दिन्छ। उनले यो बर्षको पूर्वनिर्धारित ट्वेन्टी ट्वेन्टी-फोर थिम पनि देखाए।

Matías Ventura, Lead Architect of Gutenberg, speaking on stage at State of the Word

सहयोगी सम्पादन र थप

गुटेनबर्ग(Gutenberg) परियोजनाको चार चरणहरूको बारेमा म्याटले संक्षेपमा बर्णन गरे, र त्यसपछि गुटेनबर्गको मुख्य वास्तुकार मातियास भेन्टुरालाई माइक्रोफोन पारे।

स्पेनी भाषामा छोटो अन्तराल पछि, मातियासले यो वर्ष सफ्टवेयरमा भएको उन्नतिको बारेमा बताए। उनले साइट एडिटरको(Site Editor) उद्देश्य उत्कृष्ट लेखन वातावरण र उत्कृष्ट डिजाइन उपकरण दुवै बन्ने बारेमा बोले, र फुटनोट ब्लकविचलन रहित मोडमा भएको सुधारको उल्लेख गरे।

सहकार्य र कार्यप्रवाहको लागि कुनै निश्चित समय नभएको भनेर उनले बताए, तर उनले एडिटरमा काम गर्ने प्रोटोटाइप देखाउन गर्न उत्साहित थिए। उनले सहकार्यात्मक सम्पादनका सबैभन्दा रोचक पक्षहरू देखाए, जसमा वास्तविक समयमा सम्पादन सत्रहरू बीचमा दृश्य हुने गरी सिङ्क इन्जिन स्थापना गर्ने समावेश थियो। उनले योगदानकर्ताहरूलाई गुटेनबर्ग प्लगइनमा प्रोटोटाइप परीक्षण गर्न र गिटहबमा(GitHub) आफ्नो प्रतिक्रिया साझा गर्न आव्हान गरे।

त्यहाँबाट, मातियासले अरु रोमाञ्चक विकासहरूको चिनारी गरे, जसमा प्याटर्नहरूमा दिइएको जोड र उनीहरूको शक्तिशाली कार्यप्रवाह उपकरणको रूपमा निरन्तर विकास समावेश थियो, र कस्टम फिल्डहरूसँग ब्लकहरू जोड्ने क्षमता। उनले वर्डप्रेसको प्रदर्शन सुधारको बारेमा बोल्न उत्साहित थिए, र एडिटरलाई कम्तीमा दुईगुणा छिटो बनाउने कार्य प्रगतिमा छ भनेर उल्लेख गरे। फ्रन्ट-एन्ड प्रदर्शनको बारेमा बोल्दा, उनले आउँदै गरेको कुरालाई इन्टरएक्टिभिटी एपीआईको(nteractivity API) डेमो साझा गरे, जसले कसरी ट्रान्जिशन, खोजी, र अरु अन्तरक्रियाहरूलाई तुरुन्त बनाउन सक्छ—सबै वर्डप्रेस ब्लक र फिचरहरूको साथ।

मातियासले साइट एडिटरबाट संक��त लिएर एडमिन पुन: डिजाइन गर्ने तरीकाको झलक देखाएर अन्त्य गरे, जसले अन्ततः प्रयोगकर्ताहरूलाई आफ्नो विशिष्ट आवश्यकताको आधारमा आफ्नो वर्डप्रेस एडमिन अनुभवलाई आकार दिन दिनेछ।

WordPress co-founder Matt Mullenweg speaking at a podium

AI र डाटा मुक्ति

म्याटले वर्डप्रेसको भविष्यका बारेमा विस्तार गरी बताउनका लागि पुन: स्टेजमा फर्के, आफ्नो अघिल्लो सल्लाह अनुसार एआईलाई गहिरोसँग सिक्नुपर्छ भनेर पुष्टि गरे। उनले उपलब्ध एआई उपकरणहरूको समृद्धिले के गर्न सकिन्छ भनेर उत्साहित भए, र योगदानकर्ताहरूले प्राकृतिक भाषा प्रक्रिया र वर्डप्रेस प्लेग्राउन्ड प्रयोग गरेर कसरी सिर्जना र निर्माण गरिरहेका छन् भनेर बताए।

अन्तिममा, म्याटले २०२४ को लागि परियोजनाको एक थप फोकस परिचय गराए: डाटा मुक्ति, जसको लक्ष्य वर्डप्रेसबाट अन्य प्लेटफर्ममा आयात गर्न यथासम्भव घर्षणहीन बनाउन हो। उनले सामग्री व्यवस्थापन प्रणालीहरूको प्रवृत्ति उपयोगकर्ताहरूलाई बन्द राख्न भनेर आफ्नो प्रेरणाको बारेमा बोले, र डिजिटल बाधाहरू खोल्ने। डाटा मुक्ति पहलले एक क्लिकमा वर्डप्रेसबाट निर्यात ढाँचामा काम गर्नेछ।

यो केवल उपकरणभन्दा बढी डाटा मुक्तिले परियोजनाको आत्मा प्रतिबिम्बित गर्दछ, जसले बिना सङ्कोच सहयोग गर्न अनुमति दिन्छ। त्यसपछि, म्याटले कुनै पनि इच्छुकलाई कार्यमा लाग्न आव्हान गरे, र डाटा मुक्ति गिटहब(GitHub) भण्डार र आगामी मेकिंग वर्डप्रेस स्ल्याक(Slack) च्यानलहरू वर्डप्रेससँग सम्बन्धित गर्न सुरु गर्ने ठाउँहरूको रूपमा बताए।

प्रश्नहरू र उत्तरहरू

प्रस्तुति पछि, म्याटले जोसे रामोन पद्रोन (मोन्चो) द्वारा होस्ट गरिएको सहभागी प्रश्नोत्तर सत्रका दौरान लाइभ-स्ट्रिम र व्यक्तिगत दर्शकहरूबाट प्रश्नहरूको जवाफ दिए।

लाइभ सत्रबाट आएका अतिरिक्त प्रश्नहरूलाई make.WordPress.org/project मा अनुसरण पोस्टमा जवाफ दिइनेछ। हाम्रो ब्लग सूचनाहरूको सदस्यता लिनुहोस् ताकि तपाईंलाई यसबाट चुक्नुहुन्न। र अर्को वर्षको वर्डक्याम्प एशिया (ताइपे, ताइवान), वर्डक्याम्प युरोप (टोरिनो, इटाली), र वर्डक्याम्प युएस (पोर्टल्यान्ड, ओरेगन, संयुक्त राज्य) को लागि तपाईंको क्यालेन्डरमा चिन्ह लगाउनुहोस्।

यस कार्यक्रम पोस्टलाई सम्भावना बनाउन बनाउने @laurlittle, @eidolonnight, @nilovelez, @fepr, @cbringmann र सबै अन्यहरूलाई धन्यवाद।

जवाफ लेख्नुहोस्